मुख्य सरकारबाट हात धोएपछि एमालेले गठन गर्यो छायाँ सरकार-Sutra News

मुख्य सरकारबाट हात धोएपछि एमालेले गठन गर्यो छायाँ सरकार

शनिबार, ३० साउन २०७८

शनिबार, ३० साउन २०७८

पोखरा । झण्डै साढे तीन वर्ष गण्डकी प्रदेश सरकार चलाएको नेकपा एमालेले गण्डकीमा छायाँ सरकार गठन गरेको छ ।



एमाले संसदीय बोर्डको बैठकले गण्डकी सरकारमा रहेका ११ मन्त्रालयको निगरानीका लागि छायाँ सरकार गठन गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को समूहको संयोजकत्वमा मोहनप्रसाद रेग्मीलाई नियुक्त गरिएको छ ।

भौतिक पूर्वाधार, विकास तथा यातायात मन्त्रालयलाई निगरानी गर्न पूर्व मन्त्री रामशरण बस्नेत संयोजकका रुपमा रहेका छन् ।

भूमि, व्यवस्था, कृषि समूहको संयोजकमा मित्रकुमारी गुरुङ रहेकी छन् । उर्जा, खानेपानी समूहको संयोजकमा मिनप्रसाद गुरुङ रहेका छन् भने, धनञ्जय दवाडीलाई सदस्य बनाइएको छ । जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट सदस्य रहने गरी सामाजिक विकास समूहको संयोजकमा नरदेवी पुनलाई नियुक्त गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट