एमाले विभाजनको संघारमा पुग्नै लाग्दा सुरेन्द्र पाण्डे र भीम आचार्यको दिल्ली यात्रा किन ?-Sutra News

एमाले विभाजनको संघारमा पुग्नै लाग्दा सुरेन्द्र पाण्डे र भीम आचार्यको दिल्ली यात्रा किन ?

शनिबार, ३० साउन २०७८

शनिबार, ३० साउन २०७८

एमाले एकताका लागि सक्रिय रहेका नेताद्वय सुरेन्द्र पाण्डे र भीम आचार्य दिल्ली प्रस्थान गरेका छन् ।



पार्टीका वरिष्ठ नेता झलनाथ खनाल दिल्लीमै उपचाररत रहेको अवस्थामा उनलाई भेट्न भन्दै दुवै नेताहरू दिल्ली हानिएका हुन् ।

दिल्लीमा गोप्य राजनीतिक भेटघाट हुन सक्ने स्रोतको दाबी छ ।

‘जेएन कमरेडलाई भेट्न उहाँहरू दिल्ली जानुभएको हो, तर त्यहाँ राजनीतिक भेटघाट हुने सम्भावना पनि देखिन्छ,’ स्रोतको दाबी छ ।

केही दिनअघि माधव नेपाल समूहमा रहेका पाण्डेले केपी शर्मा ओली नै एमालेको कानूनी अध्यक्ष रहेको वक्तव्य दिएका थिए ।

नेता पाण्डेका स्वकीय सचिव सन्जीव पाण्डेले सूत्रन्यूजसँग भने – ‘दिल्ली जाने कुरा त थियो, गएको नगएको मलाई थाहा भएन ।’

उनीहरूको दिल्ली भ्रमण गोप्य राख्ने कोशिस भइरहेको छ ।

ओलीसँग कुनै हालतमा एकता हुन सक्दैन भन्दै आएका नेता आचार्य पनि पछिल्लो समयमा ओलीनिकट देखिँदै आएका छन् ।

ओलीले माधव नेपाललाई कुनै हालतमा नस्वीकार्ने बताइरहेका बेला ओलीसँग नजिक हुँदै गएका दुवै नेताहरूको दिल्ली भ्रमणलाई अर्थपूर्ण रूपले हेरिएको छ ।

यसअघि ओलीविरोधी मानिने नेता भीम रावल पनि आजकल ओलीप्रति नरम देखिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट