भदौमा महाधिवेशन गर्न काँग्रेस असक्षम, यस्तो छ नयाँ कार्यतालिका-Sutra News

भदौमा महाधिवेशन गर्न काँग्रेस असक्षम, यस्तो छ नयाँ कार्यतालिका

शनिबार, ३० साउन २०७८

शनिबार, ३० साउन २०७८

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेस तोकिएको समयमा नै महाधिवेशन गर्न असक्षम भएको छ ।



आगामी भदौमा महाधिवेशन गर्न नसक्ने भएपछि देउवाले सभापति शेरबहादुर देउवाले नयाँ कार्यतालिका सार्वजनिक गरेका छन् ।

नयाँ कार्यतालिका अनुसार वडा अधिवेशन भने भदौ १८ गते हुने भएको छ ।

प्रदेश सभा क्षेत्रका क्षेत्रीय अधिवेशन असोज १ गते, संघीय निर्वाचन क्षेत्रीय अधिवेशन असोज ५ गते र जिल्ला अधिवेशनहरू असोज १० गते हुने भएका छन् ।

त्यस्तै प्रदेश अधिवेशन कात्तिक १० र १२ गते गर्ने र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गते आयोजना हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट