बाढीपहिरोका कारण फेरी सडक अवरुद्ध-Sutra News

बाढीपहिरोका कारण फेरी सडक अवरुद्ध

शनिबार, ३० साउन २०७८

शनिबार, ३० साउन २०७८

अविरल वर्षाका कारण पहिरा जाँदा नवलपुर–चौतारा सडकखण्ड अवरुद्ध भएको छ ।



इन्द्रावती गाउँपालिका–२ स्थित बेंशीमा पहिरा गएपछि सडक अवरुद्ध हुन पुगेको स्थानीयवासी विष्णु भारतीले जानकारी दिए ।

 सडकमा खसेको लेदो सोहोर्ने काम भए पनि सडकको डिल नै भत्केकाले चारपाङ्ग्रे सवारी छिर्न सक्ने अवस्था नरहेको पनि उनले बताए ।

निरन्तर रुपमा पहिरा खसिरहेकाले तत्काल सडक सञ्चालन गर्न नसकिने इन्द्रावती–२ का वडाध्यक्ष वरिबहादुर तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट