आफ्नो जन्मदिन मनाउन २० महिनाकी बच्चा छाडेर जाँदा बच्चाको मृत्यु भएपछि आमालाई ९ वर्षको जेल सजाय !-Sutra News

आफ्नो जन्मदिन मनाउन २० महिनाकी बच्चा छाडेर जाँदा बच्चाको मृत्यु भएपछि आमालाई ९ वर्षको जेल सजाय !

शनिबार, ३० साउन २०७८

शनिबार, ३० साउन २०७८

तर बेलायतमा एक आमाले आफ्नो २० महिनाको सन्तानलाई घरमा एक्लै छाडेर ६ दिन सम्म जन्मदिन मनाउन बाहिर घुम्ने क्रममा बच्चाको मृत्यु भएको छ ।



सो बच्चाले पाँच दिन २१ घण्टा ५८ मिनेट सम्म संघर्ष गरेपनि अन्ततः उनको मृत्यु भएको डेलीमेलले जनाएको छ । बच्चाको ईन्फ्लुएन्जा र खान नपाएका कारण मृत्यु भएको मेडिकल रिपोर्टले देखाएको छ ।

भरफी कुदी नामकी ती आमाले आफ्नो १८ औँ जन्मदिनको पार्टी मनाउने क्रममा आसिह नामको बच्चालाई छाडेकी थिईन् ।

सन् २०१९ डिसेम्बर ११ मा यो घटना भएको थियो । उनलाई बेलायतको लेविस क्राउन अदालतले आज दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय तोकेपछि उनले आशुँ खसाउदै पश्चाताप गरेको बेलायी सञ्चार माध्यमहरुमा रिपोर्ट छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट