प्रचण्डले देउवा सरकार अल्पमतमा पर्छ भन्नुको अर्थ के ?-Sutra News

प्रचण्डले देउवा सरकार अल्पमतमा पर्छ भन्नुको अर्थ के ?

शनिबार, ३० साउन २०७८

शनिबार, ३० साउन २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार जुनसुकै बेला पनि अल्पमतमा पर्न सक्ने खतरा भएको बताएका छन् ।



शनिबार  काठमाडौँमा आयोजना गरिएको केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘माधव नेपाल दह्रो अडिदिएको हुनाले मात्रै बहुमत पुगेको छ । यो सरकार अल्पमतमा पर्न सक्ने खतराको घण्टी बजि नै राखेको छ ।’ उनले भने ।

प्रचण्डका अनुसार देउवा नेतृत्वको सरकारले अन्य दलको समर्थन नपाउने सम्भावना छ । सरकार बनाउन नेकपा एमालेको माधव पक्षले सहयोग गरेपनि सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा माधव नेपाल समूहले अझैसम्म निर्णय गरेको छैन । यसबाट देउवा थप शंकामा रहेका छन् । 

त्यस्तै देउवाले मन्त्रिपरिषद विस्तार गर्न नसक्नुमा माओवादीको कुनै हात नभएको पनि उनले प्रष्ट पारेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट