पोखरामा कार दुर्घटना, चालकको मृत्यु-Sutra News

पोखरामा कार दुर्घटना, चालकको मृत्यु

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

पोखरा । पोखरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।



आइतबार मेथलाङमा भएको ग १ च ७२३४ नम्बरको कार दुर्घटनामा ज्यान गुमाउनेमा कार चालक बद्री केसी रहेका छन् । दुर्घटना परेर थप २ जना घाइते भएका छन् ।

दुर्घटना परेर घाइते भएका केसीको उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट