गण्डकी प्रदेश- आलोपालो गरेर मुख्यमन्त्री पाउनुपर्ने माओवादीको माग-Sutra News

गण्डकी प्रदेश- आलोपालो गरेर मुख्यमन्त्री पाउनुपर्ने माओवादीको माग

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

पोखरा ।  गण्डकी प्रदेशका माओवादी नेताहरुले आलोपालो मुख्यमन्त्री बनेर सरकार चलाउनुपर्ने माग राखेका छन् । 



उनीहरुले लुम्बिनी प्रदेश सरकारजस्तै गरी सरकार चलाउन सत्तारुढ दल काँग्रेससंग माग गरेका हुन् । 

काठमाडौँमा जारी केन्द्रीय कमिटीको बैठकमा गण्डकी प्रदेशका नेताले यस्तो बताएका हुन् । 

गण्डकी सरकार अहिले नेपाली काँग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा चलिरहेको छ । 

केही दिन अगाडी लुम्बिनी प्रदेशमा पनि एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार ढलेर माओवादीको नेतृत्वमा सरकार गठन भएको थियो । लुम्बिनीमा माओवादी र काँग्रेसले आलोपालो गरेर सरकार चलाउने सहमति भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट