अफगानिस्तानमा सुरक्षा संकटमा परेका नेपालीलाई फर्काउन सरकारले आलटाल नगरोस्- भट्टराई-Sutra News

अफगानिस्तानमा सुरक्षा संकटमा परेका नेपालीलाई फर्काउन सरकारले आलटाल नगरोस्- भट्टराई

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अफगानिस्तानमा सुरक्षा संकटमा परेका नेपाली कामदारलाई तुरुन्तै स्वदेश फर्काउन सरकारसमक्ष माग गरेका छन् ।



आइतबार एक ट्वीट गर्दै नेता भट्टराईले उनीहरुलाई स्वदेश फर्काउन सरकारसँग आग्रह गरेका हुन् । 

‘अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटाल/वहानावाजी गर्नुभएन। पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउँमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुँदैनथ्यो।गइसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस्!।’ नेता भट्टराईले लेखेका छन् ।   

अन्य विभिन्न मुलुकले त्यहाँ फसेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने काम गरिरहेका छन्।  अफगानिस्तानको राजधानी काबुल बाहेक प्रमुख सहर तालिबान लडाकुहरूले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट