तालिबानको कब्जामा पर्ने निश्चित भएपछि महत्त्वपूर्ण दस्तावेज जलाउँदै अमेरिकी दूतावास-Sutra News

तालिबानको कब्जामा पर्ने निश्चित भएपछि महत्त्वपूर्ण दस्तावेज जलाउँदै अमेरिकी दूतावास

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

तालिबानी लडाकु अफगानिस्तानको राजधानी काबुल छिर्न थालेपछि अमेरिकी दूतावासका कर्मचारीहरू महत्त्वपूर्ण र गोप्य कागजातहरू जलाउन शुरू गरेका छन् ।



दूतावासबाट धुँवा आइरहेको प्रत्यक्षदर्शीहरूले स्काईन्यूजलाई बताएको त्यहाँ रहेका पत्रकार अमेर खानले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

तालिबानले आक्रमण नगर्दै दूतावासबाट धुँवा आउनुले दूतावासले महत्त्वपूर्ण कागज जलाइरहेको हुन सक्ने अनुमान लगाइएको छ ।

तालिबान काबुल छिरिसकेको भएपनि अहिलेसम्म भीडन्त भने भएको छैन । आफूले बिना कुनै भीडन्त काबुल कब्जामा लिने तालिबानले विज्ञप्तिमार्फत जनाएको छ ।

राष्ट्रपति कार्यालयले भने सुरक्षा स्थिति सामान्य रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट