जनताको थप कष्ट रोक्न म विश्वास दिलाउँछु, यो मेरो ऐतिहासिक जिम्मेवारी हो-Sutra News

जनताको थप कष्ट रोक्न म विश्वास दिलाउँछु, यो मेरो ऐतिहासिक जिम्मेवारी हो

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

अफगानिस्तनाका राष्ट्रपति मोहम्मद असरफ घानीले देशमा अहिले तालिबान समूहले गतिविधि तीव्र पारेको भए पनि यसलाई छिट्टै रोकिने बताएका छन् । 



अफगानिस्तानको आधाभन्दा बढी प्रान्तका राजधानी तालिबान समूहले नियन्त्रणमा लिएको भन्ने समाचार आइरहेका समय उनले द्वन्द्वग्रस्त आफ्नो देशमा राजनीतिक अस्थिरता रोक्ने प्रतिबद्धता व्यक्त गरे। 

‘अफगानिस्तानको सुरक्षा फौजले देशको रक्षा गरेको र सेनाबीच सद्भाव सुनिश्चित गर्नु मेरो प्राथमिकता हुनेछ’ घानीले राष्ट्रका नाममा गरेको आफ्नो छोटो टेलिभिजन सम्बोधनमा भने। 

सम्बोधनमा उहाँले अफगानिस्तानमा थप अस्थिरता हुन नदिने बताएका हुन्। उनले भने, ‘अफगानिस्तानीहरूले युद्धका कारण दुःख पाइरहेका छन् र अफगानिस्तानका जनताको थप कष्ट रोक्न म तपाईंहरुलाई विश्वास दिलाउँछु र यो मेरो ऐतिहासिक जिम्मेवारी हो ।’

राष्ट्रपति घानीले ‘अफगानिस्तानका जनता, राजनीतिक दल तथा तीनका नेता र अन्तर्राष्ट्रिय मित्रहरूसँग परामर्श’ सुरु गरेको र परिणाम चाँडै आउने पनि बताए। तालिबान विद्रोहीहरुले देशका ३४ प्रान्तका १९ वटा प्रान्तीय राजधानीहरु कब्जामा लिएको दाबी गरिरहेका समयमा राष्ट्रपतिको यो भनाइ आएको हो । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट