राष्ट्रपतिलाई भेटेपछि शीतल निवासबाट बाहिरिए देउवा-Sutra News

राष्ट्रपतिलाई भेटेपछि शीतल निवासबाट बाहिरिए देउवा

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट बाहिरिएका छन् ।



दल विभाजन खुकुलो हुने गरी अध्यादेश ल्याउने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर सिफारिस बोकेर राष्ट्रपतिनिवास शीतलनिवास पुगेका थिए ।

आज बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्याएर पार्टी विभाजन गर्न सकिने अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । 

मंगलबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति र संसदीय दलमा २० प्रतिशत हिस्सा पुगे दल विभाजन गर्न सकिने प्रावधान राखेर अध्यादेश जारीका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट