पद्मा अर्यालको चेतावनी – अध्यादेशले भोलि आफैंलाई महँगो पर्ला, समयमै सच्याउ-Sutra News

पद्मा अर्यालको चेतावनी – अध्यादेशले भोलि आफैंलाई महँगो पर्ला, समयमै सच्याउ

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

नेकपा एमालेकी सांसद पद्माकुमारी अर्यालले दल विभाजनसम्बन्धी अध्यादेशले भोलि सरकार आफैंलाई महँगो पर्ने टिप्पणी गरेकी छन् ।



सरकारले केन्द्रीय समिति या संसदीय दलमा २० प्रतिशत मत पुर्याएर पार्टी विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि नेतृ अर्यालले सरकारलाई समय छँदै सच्याउन चेतावनी दिएकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन् – ‘सरकार आज तिमी जे गर्दैछौ, त्यो भोलि आफैंलाई महँगो पर्नेछ । समय छ सच्याउनु ।’

एमाले विभाजन गर्ने उद्देश्यका साथ अध्यादेश ल्याइएको भन्दै धेरै ठाउँबाट सरकारमाथि आलोचना बर्षिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट