एमालेको अवरोधपछि लुम्बिनीको प्रदेश सभा बैठक स्थगित, २ सांसदलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने चेतावनी-Sutra News

एमालेको अवरोधपछि लुम्बिनीको प्रदेश सभा बैठक स्थगित, २ सांसदलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने चेतावनी

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ ।



एमालेले बर्खास्त गरेका २ सांसदहरुलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने एमालेले जनाएको छ ।

एमालेले लुम्बिनी प्रदेशसभाका सदस्यद्वय अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको छ ।

सूर्य चिह्न लिएर निर्वाचित शाही र वलीले पार्टी तथा संसदीय दलको विधान विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको एमाले संसदीय दलका मुख्यसचेतक भूमिश्वर ढकालले जानकारी दिए । शाही प्रदेश सरकारका विना विभागीयमन्त्री छन् ।

शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ (ख) बाट सूर्य चिह्न लिएर निर्वाचित हुनुभएको थियो भने वली २०७६ मा तत्कालीन नेकपाका तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ (ख) बाट उपनिर्वाचनमा निर्वाचित भएका थिए ।

शाहीले आफूलाई स्वतन्त्र सांसद भएकाले नेकपा एमालेको ह्विप नलाग्ने दाबी गर्दै आएका छन् भने वलीले माओवादी प्रवेश गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट