अध्यादेशविरुद्ध आन्दोलनमा उत्रन अनेरास्ववियूको आह्वान [विज्ञप्तिसहित]-Sutra News

अध्यादेशविरुद्ध आन्दोलनमा उत्रन अनेरास्ववियूको आह्वान [विज्ञप्तिसहित]

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

काठमाडौँ । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको दल विभाजन अध्यादेशको विरुद्धमा आन्दोलनमा उत्रन आह्वान गरेको छ ।



मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेको हो ।

 ‘यसअघि पार्टीको केन्द्रीय समिति र संसदीय दलमा अनिवार्य ४० प्रतिशतको संख्या पुर्‍याए मात्रै दल विभाजनले पाउँदै आएको मान्यातालाई यो सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत मात्रै संख्या पुर्‍याए पनि दल विभाजनको मान्यता पाउने र प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल रोज्न पाउने गरी नेपालको लोकतान्त्रिक प्रणालीलाई नै ध्वस्त बनाउने, पुरानै देउवा प्रवृत्तिबाट सांसदलाई खसीबोका जस्तै खरिदबिक्री गर्ने कुन्सित मनसायका साथ विगतामा भएका आन्दोलनका उपलब्धीहरूलाई समाप्त पार्ने गरी यो व्यव्थानको विरुद्ध जनविरोधी देउवा सरकारले ल्याएको कथित अध्यादेश नेपाल र नेपाली जनताको अग्रगमन र सुशासनको चाहना विपरीत रहेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

Ain-mahar.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट