माधव नेपालसहित १५ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र-Sutra News

माधव नेपालसहित १५ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्ने भएको छ । उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाएको छ  ।



एमालेले माधव समूहका १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले फुटाउने अध्यादेश ल्याएपछि उनीहरुलाई कारबाही गर्न लागिएको हो ।

कारवाहीमा परेका सांसदहरुमा माधवकुमार नेपाल, विरोध खतिवडा, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, पुष्पकुमारी कर्ण, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, सरलाकुमारी यादव, कलिला खातुन, मेटमणि चौधरी, भवानी खापुङ रहेका छन् ।  

देउवाको सरकारले दल विभाजन खुकुलो हुने अध्यादेश ल्याएको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद बैठकले बहुचर्चित दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ । स्रोतले दिएको जानकारीअनुसार अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने प्रावधान राखिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा रहेको केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्याउनु पर्ने प्रावधानलाई हटाएर केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे मात्र दल विभाजन गर्न सकिने प्रावधानसहितको अध्यादेश सरकारले ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट