सांसद पदबाट पदमुक्त हुँदै रामकुमारी झाँक्री-Sutra News

सांसद पदबाट पदमुक्त हुँदै रामकुमारी झाँक्री

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्ने भएको छ । उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाएको छ  ।



एमालेले माधव समूहका १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले फुटाउने अध्यादेश ल्याएपछि उनीहरुलाई कारबाही गर्न लागिएको हो ।

कारवाहीमा परेका सांसदहरुमा माधवकुमार नेपाल, विरोध खतिवडा, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, पुष्पकुमारी कर्ण, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, सरलाकुमारी यादव, कलिला खातुन, मेटमणि चौधरी, भवानी खापुङ रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट