बिनाशर्त अध्यादेश फिर्ता गर्न देउवालाई योगेश भट्टराईको चेतावनी-Sutra News

बिनाशर्त अध्यादेश फिर्ता गर्न देउवालाई योगेश भट्टराईको चेतावनी

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेका नेता तथा सांसद योगेश भट्टराईले सरकारले जारी गरेको अध्यादेशले मुलुकलाई अस्थिरता र अराजकतातर्फ धकेल्ने बताएका छन् ।



सामाजीक संजालमा लेख्दै उनले दल विभाजन गर्न अध्यादेश ल्याउने काम हिजो र आज सधैँ गलत भएको बताएका छन् ।   

‘राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेर व्यवस्था र संविधानलाई धारासायी पार्ने सुनियोजित षड्यन्त्र हो । यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोली पनि गलत नै हुनेछ ।’ उनले लेखेका छन् ।  

त्यस्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले विनाशर्त अध्यादेश फिर्ता गर्नुपर्ने बताएका छन् । त्यस्तै पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालले अझै पनि एकताका लागि लाग्नुपर्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट