कुलमानविरुद्ध हितेन्द्र शाक्यले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै, को छ इजलासमा ?-Sutra News

कुलमानविरुद्ध हितेन्द्र शाक्यले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै, को छ इजलासमा ?

बुधबार, २ भाद्र २०७८

बुधबार, २ भाद्र २०७८

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफूलाई नै दाबी गर्दै कुलामानको नियुक्ति ‘बदर गरिपाउँ’ भन्दै दायर भएको हितेन्द्र शाक्यको रिटमा आज सुनुवाई हुने भएको छ ।



उक्त रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा हुनेछ ।

उनले आफूलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको आधिकारिक पत्र नआएको पनि रिटमा उल्लेख गरेका छन् । कुलमान घिसिङलाई कार्यकारी प्रमुखमा ल्याएर सरकारले आफ्नो अधिकार हनन् गरेको उनले निवेदनमा दावी गरेका छन्  ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र शाक्यलाई हटाएर कुलमान घिसीङलाई नियुक्त गरेको थियो ।    

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट