sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

ओलीकै कारण पाठ्यक्रममा नयाँ नक्सा जारी गर्न नसकिएको हो- पूर्व शिक्षामन्त्री पोखरेल [अन्तर्वार्ता]

ओलीकै कारण पाठ्यक्रममा नयाँ नक्सा जारी गर्न नसकिएको हो- पूर्व शिक्षामन्त्री पोखरेल [अन्तर्वार्ता]

सूत्र न्यूज

२० भाद्र २०७८
  • 441
    SHARES
  • ओलीकै कारण पाठ्यक्रममा नयाँ नक्सा जारी गर्न नसकिएको हो- पूर्व शिक्षामन्त्री पोखरेल [अन्तर्वार्ता]

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको पद सम्हालेका गिरिराजमणि पोखरेलले ओलीकै कारण लिपुलेक लिम्पियाधारा सहितको नयाँ नक्सा पाठ्यक्रममा जारी गर्न नसकिएको बताएका छन् ।

    images

    सूत्रन्यूजलाई अन्तर्वार्ता दिंदै नेता पोखरेलले यस्तो बताएका हुन् ।

    'नयाँ भूभाग समेटिएको नक्सा जारी गर्नुपर्छ भन्ने पक्षमा हामी सबै थियौं, तर ओलीकै कारण सुरुमा जारी हुन सकेको थिएन, 'उनले भने, 'संसदमा समेत सबैको साझा समर्थन बाट नयाँ नक्सा पास भयो र हामीले संविधान संशोधनसमेत गरेर नयाँ भूमीलाई हाम्रो मातहतमा ल्याउन सफल भएका थियौं ।'

    उनले भने, 'मैले प्रधानमन्त्री केपी शर्मा ओलीसंग सल्लाह  गरी पाठ्यक्रममा नयाँ नक्सा जारी गर्नुपर्छ भन्ने प्रस्ताव राखेर मन्त्रिपरिषदको बैठकमा पनि  निरन्तर प्रस्ताव पेश गरीरहे तर ओली र तत्कालीन सरकारका कही मन्त्री सो बिषयमा छलफल गर्न तयार रहेनन् ।'  

    'नयाँ नक्सा जारि भएपछि म व्यक्तिगत रुपमा पनि निकै हर्षीत थिएँ र तत्कालीन सरकारको शिक्षामन्त्री भएको हैसियतले मैले त्यस नक्सालाई पाठ्यक्रममा समावेश गर्नका लागि लागिपरेको थिए ।' उनले थपे ।

    नेता पोखरेल अबका दिनहरुमा  राजनीतिभन्दा अलि फरक कार्यमा सहभागी हुने बताएका छन् । उनले आफू अबका दिनहरुमा वातावरणीय पर्यावरणका कारण देखिएका असरलाई मध्यनजर गर्दै त्यसलाई कम गर्नका लागि आफूलाई परिचालन गर्ने उल्लेख गरे ।  बाताबरणीय पर्यावरणका कारण देखा परेका असरलाई मध्यनजर गर्दै आफुले यो कार्य सुरु गर्न लागेको पोखरेलले बताएका हुन्

    'वातावरण दिनप्रतिदिन प्रतिकुल बन्दै गइरहेको छ, यस्तो संवेदनशील विषयमा राजनीति गर्ने सबै सरोकरवाहरुले चासो देखाउन जरुरी छ, '  अन्तार्वार्ता दिंदै पोखरेलले भने, ' चुरेको अवस्था संरक्षण गर्न म अब फरक गतिविधि लिएर त्यस क्षेत्रमा जाँदैछु, मा त्यस क्षेत्रबाटै निर्वाचित सांसद पनि हो । जलवायु परिवर्तनका कारण भविष्यमा आउन सक्ने समस्या न्यूनीकरणका लागि हरित अभियान लिएर चुरे क्षेत्रमा जाने तयारी छ ।'

    उनले आफू शिक्षामन्त्री हुँदा विभिन्न विद्यालयहरुमा भ्रमणको क्रममा जाँदा पनि यस्तो विषयमा निरन्तर कुरा गरिरहेको बताए ।  ओलीले संसद विघटन गरेका कारण आफूहरुले मन्त्री पदबाट राजीनामा दिनु परेको कुरा उल्लेख गर्दै उनले हरित कार्यक्रमलाई पूर्णता दिन नपाएको जनाए ।

    अन्तर्वार्ता - 

     

     


    प्रकाशित :भाद्र २०, २०७८ आइतवार - १३:१३:३९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.