sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ स्थापनाको घोषणा

‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ स्थापनाको घोषणा

सुत्र न्यूज

२१ भाद्र २०७८
  • 177
    SHARES
  • काठमाडौं- सरकारले प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको नाममा ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ स्थापना गर्ने भएको छ ।

    images

    मन्त्रिपरिषद्को आज भएको बैठकले कोइरालाको नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो । नेपालको लोकतन्त्र स्थापनाका लागि आजीवन र अनवरत सङ्घर्षरत् प्रजातान्त्रिक योद्धा स्व.कोइरालाका नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय भएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    बिपी कोइराला नेपाली राजनीति र साहित्यिक क्षेत्रमा चर्चित नाम हो । उनी नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता हुन् ।

    विसं १९७१ भदौ २४ मा भारतको बनारसमा जन्मिएका स्व.कोइरालाले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व गरी विसं २०१६ सालमा नेपालको प्रधानमन्त्री बनेका थिए ।

    नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि राजनीतिक नेतृत्व लिएका उनलाई नेपालका सबैजसो नेताले राजनीतिक गुरुका रूपमा चित्रण गर्ने गरेका छन् ।

    नेपाली राजनीति तथा साहित्यमा उल्लेख्य योगदान गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।


    प्रकाशित :भाद्र २१, २०७८ सोमवार - २०:४३:११

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.