sutra news logo

बुधवार, कार्तिक १० गते २०७८

images

आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा

images

सुत्र न्यूज

२४ भाद्र २०७८
  • 3.6K
    SHARES
  • images

    धनगढी- सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा आउँदाे आइतबार (२७ भदौ) सार्वजनिक बिदा दिने निर्णय गरिएकोछ । थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आइतबार तराईका दुई जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    images

    सुदूरपश्चिम प्रदेश सरकारको १९ वैशाख २०७८ मा बसेको बैठकाे निर्णयअनुसार थारु समुदायले भव्यताकासाथ मनाउने अट्वारी पर्वका अवसरमा कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

    सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीका अनुसार प्रदेश सरकारले थारु समुदायको मौलिक पर्व अट्वारीको लागि २७ भदौमा एक दिन बिदा दिने निर्णय गरिएको हो । 


    प्रकाशित :भाद्र २४, २०७८ बिहिवार - १८:१२:२३

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.