sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

एम्बुलेन्स चालकको लापरबाहीका कारण ४५ वर्षीय कृष्णबहादुरले गुमाए ज्यान  

एम्बुलेन्स चालकको लापरबाहीका कारण ४५ वर्षीय कृष्णबहादुरले गुमाए ज्यान  

सूत्र न्यूज

३० भाद्र २०७८
  • 130
    SHARES
  • कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ का अन्दाजी ४५ वर्षीय कृष्णबहादुर ऐरको एम्बुलेन्सको ठक्करबाट आज मृत्यु भएको छ ।

    images

    पूर्व–पश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया नजिकै कैलालीको अत्तरियाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको म १ च २८८ नं को एम्बुलेन्सले साइकलमा दूध बोकेर जाँदै गरेका ऐरलाई ठक्कर दिएको हो ।

    एम्बुलेन्सको ठक्करबाट घाइते भएका ऐरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानलेले जानकारी दिए ।

    एम्बुलेन्सका चालक भीमदत्त नगरपालिका– १६ का अन्दाजी ४० वर्षीय गणेश विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दाले बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको गुलरिया क्षेत्रमा सडक अवरुद्ध गरेका थिए ।

    अहिले अवरुद्ध सडक चलिसकेको छ ।

     


    प्रकाशित :भाद्र ३०, २०७८ बुधवार - १२:३०:०५

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.