sutra news logo

बुधवार, कार्तिक १० गते २०७८

images

बुटवलमा एमालेको वृहत कार्यकर्ता भेलामा जब घनश्याम भुसालको अपमान गरियो...

बुटवलमा एमालेको वृहत कार्यकर्ता भेलामा जब घनश्याम भुसालको अपमान गरियो...

images

सूत्र न्यूज

३० भाद्र २०७८
  • 5.1K
    SHARES
  • बुटवलमा एमालेको वृहत कार्यकर्ता भेलामा जब घनश्याम भुसालको अपमान गरियो...
    images

    नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले आयोजना गरेको बृहत भेला कार्यक्रमलाई सम्बोधन गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत विष्णु पौडेल, घनश्याम भुसाल, टोपबहादुर रायमाझी पुगेका छन् ।

    images

    तर कार्यक्रम संचालन गर्ने क्रममा संचालिकाले अन्य नेता सँगै पुगेका घनश्याम भुसाललाई आसन ग्रहण गराउने आवश्यकता ठानिनन् ।

    मध्यमार्गी नेताका रूपमा परिचित भुसालले पार्टी विभाजनको अन्तिम अवस्थामा माधवकुमार नेपालको साथ छाडेर एमालेमै बस्ने निर्णय गरेका थिए ।

    बुटवल भेलामा भुसाललाई कार्यक्रम संचालिकाले नै आसन ग्रहण नगराएर अपमान गरेकी हुन् ।

    भुसालसँगै पुगेका अन्य नेताहरूको भने नाम नै लिएर आसन ग्रहण गर्न लगाइएको थियो ।

    भेला कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली ढिलो पुगेका थिए । उनी पुग्दा नेता टोपबहादुर रायमाझीले मन्तव्य दिइरहेका थिए ।

    रायामाझीको मन्तव्य सकिएपछि कार्यक्रमा संचालिकाले अध्यक्ष केपी शर्मा ओली र अर्का नेता विष्णु पौडेलको आसन ग्रहण गराइन् ।

    ओली पौडेल र भुसाल एउटा लाइनमा बसेका थिए । ओली र पौडेललाई आसन ग्रहण गर्न अनुरोध गरियो। तर भुसालको पालो आउने बेलामा समय कम रहेको भन्दै संचालिकाले भुसालको नाम लिन आवश्यक ठानिनन्।

    उनले समय अभावका कारण भन्दै सम्पूर्ण नेताहरुलाई एकैपटक आसन ग्रहण गर्न आग्रह गरिन् ।


    प्रकाशित :भाद्र ३०, २०७८ बुधवार - १५:०४:०५

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.