sutra news logo

बुधवार, कार्तिक १० गते २०७८

images

बिहे भोजमा मासु नदिएको भन्दै हानाहान- एकको मृत्यु, ३ जना घाइते

बिहे भोजमा मासु नदिएको भन्दै हानाहान- एकको मृत्यु, ३ जना घाइते

images

सूत्र न्यूज

३ आश्विन २०७८
  • 1.6K
    SHARES
  • बिहे भोजमा मासु नदिएको भन्दै हानाहान- एकको मृत्यु, ३ जना घाइते
    images

    कसैको विवाहमा जाँदा खाना मन परेन् भने तपाईं के गर्नुहुन्छ ? खाना कम खानुहुन्छ वा अर्को खाना मगाउनुहुन्छ, हुनसक्छ तपाईं खाना नै नखाएर फर्किन पनि सक्नुहुन्छ ।

    images

    तर भारतको बिहार राज्यमा जे भयो, त्यो अलिक फरक छ । कुखुराको मासुसँग लिट्टी नदिएको आरोपमा बिहारको गोपालगञ्ज जिल्लाको उचाकागाउँ थाना क्षेत्रको नरकटियामा लडाँई भएको छ । उक्त लडाँईमा एक जनाको मृत्यु पनि भयो ।  घटनाको सम्बधमा प्राप्त जानकारी अनुसार राजेन्द्र सिंहको छिमेकमा जन्ती आएको थियो । जन्तीमा कुखुराको मासुसँग लिट्टी नदिएको भन्दै विवाद सुरु भयो । त्यहाँ विवाद एकदम उग्र भएको थियो । घटनामा राजेन्द्र सिंहलगायत चार जनालाई क’टट्टा प्र’योग ग’रियो । चारैजनालाई उपचारको लागि गोपालगञ्ज सदर अस्पतालको आपतकालीन कक्षमा भर्ना गरिएको थियो । त्यहाँका डाक्टरहरूले राजेन्द्र सिंहलाई मृ त घोषित गर्दिए । तीन जना गम्भीर घाइतेहरुलाई अर्को अस्पताल पठाइयो

    जानकारी अनुसार तीन जना राहुल कुमार सिंह, रिशु कुमार सिंह र रोहित कुमार सिंह गम्भीर घाइते भएका छन् । शुरुमा उनीहरुलाई उपचारका लागि गोपालगञ्ज सदर अस्पतालको आपतकालीन कक्षमा भर्ना गरियोे । त्यहाँ चिकित्सकहरूले प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखपुर रिफर गरेका छन् । त्यसपछि परिवारका सदस्यहरूले तीन जना घाइतेलाई गोपालगञ्ज अस्पतालबाट उपचारका लागि गोरखपुर पुर्याएका हुन् ।

     


    प्रकाशित :आश्विन ३, २०७८ आइतवार - १३:१३:३२

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.