sutra news logo

बुधवार, कार्तिक १० गते २०७८

images

विवाद हटेपछि पालिका अधिवेशनलाई अगाडी बढाउँदै काँग्रेस

विवाद हटेपछि पालिका अधिवेशनलाई अगाडी बढाउँदै काँग्रेस

images

सूत्र न्यूज

८ आश्विन २०७८
  • 201
    SHARES
  • विवाद हटेपछि पालिका अधिवेशनलाई अगाडी बढाउँदै काँग्रेस
    images

    नेपाली कांग्रेसले असोज ९ गतेदेखि पालिका अधिवेशनलाई अघि बढाउने भएको छ ।

    images

    शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले असोज ९ गते ६४ जिल्लामा पालिका अधिवेशन गर्ने र अन्य जिल्लामा पालिका अधिवेशनको प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।

    क्रियाशील सदस्यतामा विवाद देखिएका १३ जिल्लाको सदस्यता टुंगो लगाउने र अधिवेशनको प्रक्रिया सुरु गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । त्यस्तै बैठकले हिमाली जिल्लाको अधिवेशन नियमित तालिका अनुसार गर्ने र केहि जिल्लामा दसैअघि पालीका अधिवेशनमात्रै गर्ने निर्णय भएको शर्माले बताए । उनले छिटै पार्टीको केन्द्रीय समिति बैठक बस्ने र कार्यतालिका अनुमोदन गर्ने जानकारी दिए ।

    प्रवक्ता शर्माले १४ महाविधेशनको प्रक्रिया सहमतिपूर्वक अघि बढिरहेको दावी गरे । उनले अधिवेशनको प्रक्रियामा उत्साहपूर्वक लाग्न पनि आग्रह गरिएको बताएका छन् । प्रवक्ता शर्माले महाधिवेशनको मिति सार्ने बिषयमा कुनै छलफल नै भएको जानकारी दिए ।

     


    प्रकाशित :आश्विन ८, २०७८ शुक्रवार - १४:०६:१४

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.