sutra news logo

बुधवार, कार्तिक १० गते २०७८

images

काठमाडौँ उपत्यकामा मात्र थपिए ३६४ कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा मात्र थपिए ३६४ कोरोना संक्रमित

images

सूत्र न्यूज

८ आश्विन २०७८
  • 241
    SHARES
  • काठमाडौँ उपत्यकामा मात्र थपिए ३६४ कोरोना संक्रमित
    images

    पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३६४ जना कोरोना संक्रमित थपिएका छन्।

    images

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २५६, भक्तपुरमा ३५ र ललितपुरमा ७३ जना संक्रमित थपिएका हुन्।

    नेपालमा शुक्रबार १ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको १० हजार ५ सय ७५ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ३ र ५ हजार १ सय १५ एन्टीजेन परिक्षणका क्रममा ३ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८० हजार १ सय ५२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ ।

    हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८१ जनाको मृत्यु भएको छ । त्यस्तै थप १ हजार ५ सय ५० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ५८ हजार ५ सय ४ संक्रमित निको भएका छन् । 

    हाल नेपालमा २० हजार २ सय ८७ सक्रिय संक्रमित आइशोलेशन र २ सय ४४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।


    प्रकाशित :आश्विन ८, २०७८ शुक्रवार - १७:०७:०५

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.