sutra news logo

बुधवार, कार्तिक १० गते २०७८

images

बीमित परिवारलाई एसियन लाइफ इन्स्योरेन्सले दियो बीमांक रकम

बीमित परिवारलाई एसियन लाइफ इन्स्योरेन्सले दियो बीमांक रकम

images

सुत्र न्यूज

२१ आश्विन २०७८
  • 265
    SHARES
  • images

    खोटाङ- एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा कार्यालय खोटाङले मृतक बीमित परिवारलाई बीमांक रकम प्रदान गरेको छ ।

    images

    सुखी जीवन बीमा आयोजनाअन्तर्गत २९ असार २०७४ मा बीमा गरेकी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका माटिकोरेकी अनु थापा मगरको परिवारलाई कम्पनीले घरैमा पुगेर मुत्यु दाबी भुक्तानी दिएको हो ।

    नगरपालिकाका मेयर दीपनारायण रिजालले मृतक बीमितका बुबा मोहनबहादुर थापा मगर र आमा एकमाया थापा मगरलाई बीमाबापतको तीन लाख ७८ हजार २४४ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

    तीन लाख एक हजार रुपेयाँको बीमा गरेकी थापमा मगरको परिवारलाई ७७ हजार २४४ रुपैयाँ बोनससहित बीमांक रकम प्रदान गरिएको एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखाका प्रमुख किरणजित राईले बताए ।

    मृतक थापा मगरले १५ हजार ९७५ रुपैयाँ बराबरको चार किस्ता बुझाइसकेकी थिइन् । दिक्तेल इङ्लिस बोर्डिङ स्कुलकी शिक्षिका थापा मगरको २३ माघ २०७७ मा मृत्यु भएको थियो । 


    प्रकाशित :आश्विन २१, २०७८ बिहिवार - १८:५३:४३

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.