१० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक, कसले कसरी खरीद गर्न सक्छन ?-Sutra News

१० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक, कसले कसरी खरीद गर्न सक्छन ?

सोमबार, ७ असार २०७८

सोमबार, ७ असार २०७८

नेपाल राष्ट्र बैंकले रू. १० अर्ब बरावरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । 



सोमबार एक सुचना जारी गर्दै बैंकले १० अर्ब बरावरको विकास ऋणपत्र निष्कासन गर्ने बताएको हो ।

बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८४ (च) नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । उक्त ऋणपत्रमा अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ ।  

ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्नेछन् । 

ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने बैंकले जनाएको छ ।

bikash patra.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट