sutra news logo

बुधवार, कार्तिक १० गते २०७८

images

साफ च्याम्पियनसिप : फाइनलमा नेपाल-भारत भिड्ने

साफ च्याम्पियनसिप : फाइनलमा नेपाल-भारत भिड्ने

images

सूत्र न्यूज

२८ आश्विन २०७८
  • 203
    SHARES
  • images

    काठमाडौं - साफ च्याम्पियनसिपको १३औं संस्करणको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । 

    images

    बुधबार राति सिंगल राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो । यसअघि नेपाल बंगलादेशसँग बराबर खेल्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको थियो ।

    मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे । मानबिर सिंहले एक गोल गरे । माल्दिभ्सका अलि अस्फाकले एक गोल फर्काए ।

    जितसँगै भारत शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । भारतले ४ खेलमा ८ अंक जोड्यो । पहिलो पटक फाइनल पुगेको नेपालले ४ खेलमा ७ अंक जोड्दै उपविजेताको रुपमा फाइनल पुग्यो । फाइनल खेल आइतबार नेपाली समयअनुसार ४:४५ बजे सुरु हुनेछ ।


    प्रकाशित :आश्विन २८, २०७८ बिहिवार - ०७:१९:५८

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.