sutra news logo

बुधवार, कार्तिक १० गते २०७८

images

बिहेपछि झनै ‘बोल्ड’ आँचल

बिहेपछि झनै ‘बोल्ड’ आँचल

images

सूत्र न्यूज

२८ आश्विन २०७८
  • 155
    SHARES
  • बिहेपछि झनै ‘बोल्ड’ आँचल
    images

    काठमाडौं - बिहेपछि आँचल शर्मा युट्युब च्यानलमा पहिलेको तुलनामा कम देखिन थालेकी छन् । अन्तर्वार्ता दिने क्रम पहिलेको तुलनामा रोकिएको छ । आँचलमा अर्को परिवर्तन पनि आएको छ, त्यो हो फेसनको । आँचल विवाहअघि फेसनको मामलामा त्यति धेरै उम्दा लाग्दिन थिइन् । हेरिरहेकै, देखिरहेकै पहिरनमा देखिन्थिन् । तर, विवाहपश्चात भने उनको फेसनमा व्यापक परिवर्तन महसुस गर्न सकिन्छ ।

    images

    पछिल्लो समय उनले सामाजिक संजालमार्फत सार्वजनिक गर्ने तस्बिरहरुले उनको पहिरनको यथार्थलाई दर्शाउँछ । उनका फ्यानले पनि पहिरनको खुलेर तारिफ गरेका छन् ।

    यतिबेला श्रीमान उदीप श्रेष्ठसँग विदेशमा घुमघाम गरिरहेकी आँचललाई फ्यानले झन् झन् बोल्ड भएको भन्न थालेका छन् । किनकी बिहेपछि धेरैको फेसन कुर्ता र सारीमा खुम्चन्छ ।

    तर, आँचल झन्–झन् बोल्ड हुँदै गएको धेरैले महसुस गरेका छन् । के यो श्रीमान् उदीप श्रेष्ठको मायाको कमाल हो ?


    प्रकाशित :आश्विन २८, २०७८ बिहिवार - ०९:१७:१६

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.