अफगानिस्तान केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पले पाकिस्तानमा पहिरो, सयौं घाइते-Sutra News

अफगानिस्तान केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पले पाकिस्तानमा पहिरो, सयौं घाइते

बुधबार, ८ चैत्र २०७९

बुधबार, ८ चैत्र २०७९

लाहोर, ८ चैत । अफगानिस्तान केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी छिमेकी देश पाकिस्तानमामा समेत असर परेको छ ।



पाकिस्तानी समाचार संस्थाहरुको अनुसार भूकम्पबाट अफगानिस्तान र पाकिस्तानमा गरी सयौं जना घाइते भएका छन् भने भौतिक संरचनामा पनि ब्यापक क्षति पुगेको छ ।

उत्तरी पाकिस्तानको खाइबर पख्तुन्वा क्षेत्रमा भूकम्पबाट निकै ठूलो क्षति पुगेको छ ।  मुख्यतः भूकम्पपछि त्यस क्षेत्रमा पहिरो जाँदा बढी क्षति भएको हुन पुगेका छ । स्वात उपत्यकामा रहेका अस्पतालमा ठूलो संख्यामा घाइतेहरु भर्ना भएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।

मंगलवार राति पौने ११ बजे पाकिस्तान र ताजकिस्तानको सीमा क्षेत्र नजिक केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गए पछि भौतिक क्षति भएको हो । क्षतिको थप बिवरण अझै आइसकेको छैन । यद्धपी, सो भुकम्पमा परी ५ जनाको मृत्यु भएको जनाइएको छ ।

भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीदेखि चीन, ताजकिस्तान, उजवेकिस्तान, किर्गिस्तानलगायतका मुलुकमा महसुश भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट