आक्रमणमा परी १६० जनाको मृत्यु-Sutra News

आक्रमणमा परी १६० जनाको मृत्यु

मंगलबार, १० पौस २०८०

मंगलबार, १० पौस २०८०

काठमाडौं । मध्य नाइजेरियाका गाँउमा भएको शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको स्थानीय अधिकारीले जनाएको छ ।



बोक्कोसस्थित स्थानीय सरकारी क्षेत्रको गाँउ मुसुमा गोठाला र किसानबीच भएको झडपमा १६ जनाको मृत्यु भएको हो । झडपमा घाइते भएका तीन सयभन्दा बढी व्यक्तिलाई बोक्कोस, जोस लगायतका अस्पतालमा सारिएको छ ।

स्थानीय रेडक्रसको अस्थायी टोलीले बोक्कोस क्षेत्रका १८ गाउँमा १०४ जनाको मृत्यु भएको उल्लेख गरेको छ । संसद्का सदस्य डिक्सन चोलोमका अनुसार बार्किन लाडी क्षेत्रका थुप्रै गाउँमा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

यो घटना पठारमा गत मे महिनायताकै सबैभन्दा हिंस्रक घटना हो । घटनामा किसान र गोठालाबीच झडपमा सयभन्दा बढीको मृत्यु भएको थियो ।

नियमित रूपमा हुँदै आएका सशस्त्र आक्रमणले नाइजेरियाको उत्तरी र मध्य क्षेत्रमा गम्भीर सुरक्षा खतरा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट