आगलागी नियन्त्रण गर्न गएको विमान दुर्घटना-Sutra News

आगलागी नियन्त्रण गर्न गएको विमान दुर्घटना

बुधबार, १० साउन २०८०

बुधबार, १० साउन २०८०

ग्रिसको इभियामा जंगलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ । सो दुर्घटनामा विमानमा सवार दुवै पाइलटको मृत्यु भएको जनाइएको छ ।



मिडिया रिपोर्टका अनुसार सीएल–२१५ विमान इभियाको जंगलमा लागेको आगो निभाउनका लागि प्रयोग गरिएको थियो। सोही क्रममा विमानको पखेटा रुखमा अड्कियो । केही समयपछि विमान जमिनमा खस्यो, आगो लाग्यो ।

हाल ग्रिसको जंगलमा लागेका कारण हजारौं मानिसहरू बिस्थापित हुन पुगेका छन् । ग्रिस सरकारले स्थानीयलाई स्थानान्तरण गरेर जंगलमा लागेको आगो निभाउनका लागि सम्पूर्ण प्रयत्न जारी राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट