उजुरी दिन गएका पीडितको मोटरसाइकल प्रहरी कार्यालयको गेटबाटै गायब भएपछि …-Sutra News

उजुरी दिन गएका पीडितको मोटरसाइकल प्रहरी कार्यालयको गेटबाटै गायब भएपछि …

बिहिबार, १७ कार्तिक २०७९

बिहिबार, १७ कार्तिक २०७९

सप्तरी – कुटपिटको उजुरी लिएर जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका एक जना पीडितको जिल्ला प्रहरी कार्यालयको गेटबाटै मोटरसाइकल चोरी भएको छ । अग्निसाइर कृष्ण सवरण गाउँपालिका-४ मा बुधबार भएकाे विवाद र कुटपिटका घाइते उजुरी दिन कार्यालय जाँदा सेतो नम्बर प्लेट को१ब १०६९ सरकारी मोटरसाइकल चोरी भएको हो ।



बुधवार बिहान ९ बजेतिर बाबुमाथि कुटपिट भएको उजुरी दिन प्रहरी कार्यालयको गेट अगाडि मोटसाइकल राखेर भित्र गएको र उजुरी दिएपश्चात घाउ जाँचको चिठ्ठी लिएर १५ मिनेटपछि फर्किदा मोटरसाइकल चाेरी भइसकेकाे पीडित बरुण यादवले बताए ।

यसरी भयो घटना – अग्निसाइर कृष्णा सवरण गाउँपालिका–४ मा बुधबार बिहानै जग्गा विवादको विषयमा कुटपिटमा भएकाे थियाे । घटनामा दुई जना घाइते भएका थिए । दाजुभाईबीचकाे अंशबण्डामा चित्त नबुझेको भन्दै दाजुका तीन छोराको कुटपिटबाट काका पर्ने स्थानीय ६५ वर्षीय सूर्यनारायण यादवको टाउको फुटेको छ ।

नदी नियन्त्रण विराटनगरमा इन्जिनियर रहेका मनोज यादव र उनका थप तीन भाईसहित चार जनाले बुबा र कान्छो भाई अरुण यादवलाई ज्यान मार्ने उदेश्यले कुटेको पीडित सूर्य नारायणको जेठो छोरा बरुण यादवले जानकारी दिए ।

ईट्टा प्रहारबाट सूर्यनारायण यादवकाे टाउको फुटेकाे छ । उनलाई बचाउन गएका भाईलाई मुक्का प्रहार गर्दा शरीरको विभिन्न भागमा चोटपटक लागेर राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरेकाे बरुणले बताए ।

घटनापश्चात पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिएको ठाडो उजुरीका आधारमा प्रहरी कार्यालयले घाउ जाँचको चिठी काटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

सडक डिभिजन कार्यालय विराटनगरको मोटरसाइकल सोही कार्यालयका सब-इन्जिनियर यादवले प्रयोग गर्दै आएका थिए । मोटरसाइकल हराएकाे बारे जानकारी गराउँदा समेत प्रहरीले खाेजबिनमा चासो नदेखाएको वरुणले गुनासो पोखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट