उपेन्द्र यादव आउन लागेको हवाई उडान डिले भएपछि स्थगित भयो गठबन्धन बैठक-Sutra News

उपेन्द्र यादव आउन लागेको हवाई उडान डिले भएपछि स्थगित भयो गठबन्धन बैठक

शनिबार, २५ भाद्र २०७९

शनिबार, २५ भाद्र २०७९

काठमाडौँ । आगामी मङ्सिर चार गते हुन लागेको प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको चुनावका लागि सिट विभाजन गर्नका लागि सत्ता गठबन्धनको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।



बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो । जसपाका अध्यक्ष उपेन्द्र यादव उपस्थित हुन नसकेपछि बैठक स्थगित गरिएको हो ।

सिट बाँडफाँट टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा आज साझ चार बजे बैठक बोलाइएको थियो तर जसपाका नेता यादव उपस्थित हुन नसकेका कारण आजको बैठक स्थगित गर्नुपर्यो ।

प्रवक्ता सुमनले हवाई उडान डिले भएकाले अध्यक्ष यादव बैठकमा आउन नसकेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट