एमाले बैठक : राष्ट्रिय सभा चुनावमा अन्तर्घातबारे छानबिन गर्ने जिम्मेवारी प्रदेश कमिटीलाई-Sutra News

एमाले बैठक : राष्ट्रिय सभा चुनावमा अन्तर्घातबारे छानबिन गर्ने जिम्मेवारी प्रदेश कमिटीलाई

बुधबार, १९ माघ २०७८

बुधबार, १९ माघ २०७८

नेकपा एमाले केही दिन अघि सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात भएको बारे छानबिन गरि कारबाही गर्न प्रदेश कमिटीलाई जिम्मेवारी दिएको छ ।



बुधबार बसेको सचिवालयको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा चुनावमा एमालेको प्रतिनिधिभन्दा कम मत आएको विषयमा छानबिन गर्ने जिम्मेवारी प्रदेश कमिटीलाई दिने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकले स्थानीय चुनावको मिति घोषणाका लागि दबाबको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।  त्यस्तै बैठकले जनसंगठनको महाविधेशनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट