कमेडी च्याम्पियन टिमले फिल्म बनाउँदै-Sutra News

कमेडी च्याम्पियन टिमले फिल्म बनाउँदै

बिहिबार, १७ कार्तिक २०७९

बिहिबार, १७ कार्तिक २०७९

काठमाडौं । स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ टिमले फिल्म निर्माण गर्ने भएको छ । विशाल भण्डारीको निर्देशनमा बन्ने फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल छन् । यम थापाको कथा रहने फिल्मका लागि बिहीबार निर्देशक भण्डारी, निर्माता अग्रवाल र लेखक थापाबीच सम्झौता भएको छ ।



थ्रि प्रोडक्सन र ओएसआर डिजिटलको प्रस्तुतिमा बन्ने फिल्मका लागि कलाकार फाइनल भइसकेका छैनन् । नाम नजुराइएको फिल्म चाँडै छायांकनमा जाने निर्माण पक्षले जनाएको छ ।

निर्माता अग्रवालले फिल्मको कलाकार र प्राविधिकको नाम केही समयमा सार्वजनिक गरिने बताए ।निर्देशक भण्डारीका अनुसार फिल्म आगामी वर्षको दशैंमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट