कुखुराको आक्रमणबाट एक प्रहरी अधिकारीको मृत्यु !-Sutra News

कुखुराको आक्रमणबाट एक प्रहरी अधिकारीको मृत्यु !

बुधबार, १ चैत्र २०७९

बुधबार, १ चैत्र २०७९

फिलिपिन्समा भाले (कुखुरा) जुधाइ खेल ‘टुपाडा’ भनेर पनि चिनिन्छ | लामो इतिहास बोकेको यस खेलको प्रतियोगिता रोक्ने क्रममा भालेको आक्रमणबाट एक प्रहरी अधिकारीको मृत्यु भएको छ |



फिलिपिन्समा आयोजित गैरकानुनी उक्त प्रतियोगिताले कोभिड–१९ को संक्रमण फैलिएको खुलेपछि यसलाई गत अगष्टमा प्रतिबन्ध लगाइएको थियो ।

उत्तरी समार प्रान्तका प्रहरीका अनुसार लेफ्टिनेन्ट क्रिस्टियन बोलोकलाई भिडन्तका लागि भाले कुखुराको खुट्टामा बाँधिएको फलामको धारिलो वस्तु लागेको थियो ।

उक्त धारिलो बस्तु भाले नियन्त्रणमा लिनेक्रममा उनको खुट्टाको नशामा लागेको प्रहरीको भनाई छ | प्रहरी अधिकारीले भने ‘उनलाई तत्कालकै प्रान्तीय अस्पतालमा लगिए पनि धेरै रक्तश्राव भएका कारण मृत्त घोषित गरिएको थियो ।’

घटनामा तीन जनलाई पक्राउ गरिएको र तीन जना अझै फरार रहेको बताइएको छ | उक्त प्रतियोगिता अहिले पनि प्रहरीको आँखा छलेर खेलाउने गरिएको छ |

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट