दयाहाङ राईको आफू लक्षित संवाद प्रति विनोद चौधरीले दिए प्रतिक्रिया-Sutra News

दयाहाङ राईको आफू लक्षित संवाद प्रति विनोद चौधरीले दिए प्रतिक्रिया

शुक्रबार, १८ फाल्गुन २०८०

शुक्रबार, १८ फाल्गुन २०८०

काठमाडौं । आगामी  नयाँ वर्षको अवसर पारेर रिलिज हुने रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’को ‘डिग्री माइला’को संवाद प्रति सिजी ग्रुपका अध्यक्ष विनोद चौधरीले प्रतिक्रिया जनाएका छन् ।



फिल्मको केही दिन अघि सार्वजनिक भएको टिजरको अन्तिममा फिल्मका प्रमुख पात्र ‘डिग्री माइला’ले  सिजी ग्रुपको नाम लिदैं सो कम्पनीले चार लाख तलब दिदां पनि आफूले त्यहाँ जागिर नखाएको र चौधरी आफै धनी छ, धनीमाथि के धनी बनाउनु भन्ने संवादलाई लिएर प्रतिक्रिया जनाएका हुन् ।

‘डिग्री माइला’को टिजरमा अभिनेता दयाहाङ राईले आफूलक्षित टिजरको क्लिप सेयर गर्दै यस विषयमा चौधरीले आफ्नो वार्षिक कमाईभन्दा धेरै दयाहाङले यही फिल्मबाट कमाउने बताएका छन् ।

चौधरीले शुक्रवार फेसबुकमा लेखेका छन्, ‘मैले एक वर्षमा कमाउने त तपाईंले यहि एउटै फिल्मबाट कमाउनुहुन्छ होला जस्तै छ, त दयाहाङजी, हैट !’

विनोद चौधरीले स्टाटसमार्फत् फिल्म सफल हुने आशय व्यक्त गर्दै आफूलक्षित संवादमा रमाइलो मानेको देखिन्छ । साथै, उनले यो पोस्ट अभिनेता दयाहाङलाई समेत ट्याग गरेका छन् ।

सांसद् समेत रहेका उद्योगपति चौधरी नेपाली फिल्म र फिल्मकर्मीसँग नजिक पनि छन् । उनी फिल्म ‘वासुदेव’ का निर्माता समेत रहेका  छन् । चौधरीले आफ्नो कम्पनी चौधरी इन्टरटेन्मेन्टबाट अभिनेत्री ऋचा शर्मासँग मिलेर ‘भिसा गर्ल’ नामक फिल्म समेत निर्माण गरेका थिए ।

‘डिग्री माइला’ शैक्षिक बेरोजगारीले युवामा ल्याएको चरम निराशामा आधारित भएर फिल्म बनेको हो ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यही फिल्मको नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । ‘डिग्री माइला’मा दयाहाङको जोडी आँचल शर्मासँग बाँधिएको छ ।

फिल्ममा दयाहाङ र आँचलका अलवा प्रकाश घिमिरे, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, सोमनाथ खनाल, लोकेन्द्र लेखक, अनिल सुब्बा, पशुपति राई, हिउँवाला गौतम, शेखर चापागाईँ लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट