दश भाइमध्येका आचार्य आइसोलेसनमा, भुसाल-रावल आफ्नै अडानमा-Sutra News

दश भाइमध्येका आचार्य आइसोलेसनमा, भुसाल-रावल आफ्नै अडानमा

शनिबार, ११ मंसिर २०७८

शनिबार, ११ मंसिर २०७८

एमालेका सचिव तथा प्रदेश १ का पूर्व मुख्यमन्त्री भीम आचार्यलाई कोरोना संक्रमण भएको छ ।



पार्टीको दशौँ महाधिवेशन चलिरहेका बेला आचार्य भने होटेलमा आइसोलेसनमा दिन बिताउन बाध्य भएका छन् ।

उनीनिकट स्रोतका अनुसार उनी अहिले बन्दसत्र चलेकै होटेल सेभेन स्टारमा आइसोलेसनमा बसिरहेका छन् । उनलाई काठमाडौँदेखि नै ज्वरो आएको थियो ।

परीक्षणपछि उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

एमालेमा तत्कालीन नेता माधवकुमार नेपालको साथ दिएका आचार्य पुनः सचिवमा दोहोरिने सम्भावना कायमै छ । यदि प्रतिस्पर्धा भइहालेमा उनले आइसोलेसनबाटै उम्मेदवारी दिने बताएका छन् ।

दश भाइ नेतामध्ये भीम रावलले अध्यक्षको दाबी गरिरहेका छन् भने घनश्याम भुसाल उपाध्यक्ष लड्ने बताइरहेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार मध्यरात केन्द्रीय कमिटी बैठक बोलाएर सर्वसम्मत गराउने प्रयासस्वरूप केन्द्रीय कमिटी र पदाधिकारीको संख्या थपेका थिए ।

यसमा रावल र भुसाल असन्तुष्ट देखिएका छन् । ओलीलाई सर्वसम्मत हुन नदिने रणनीतिस्वरूप उनीहरूले आफ्नो अडान फिर्ता लिन मानिरहेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट