धरहराको पार्किङ क्षेत्र भोलिदेखि खुल्ने-Sutra News

धरहराको पार्किङ क्षेत्र भोलिदेखि खुल्ने

शनिबार, १३ माघ २०८०

शनिबार, १३ माघ २०८०

काठमाडौं । काठमाडौं महानगरले धरहरासँगै निर्माण भएको पार्किङ खुला गरेको छ । पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि सवारी साधन पार्किङ खुला हुने भएको हो ।



काठमाडौं महानगरले न्युरोडमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रमा पार्किङ सहज बनाउन धरहरासँगैको भवन खुला गर्ने भएको हो । महानगर यसअघि काठमाडौं टावर (साबिक पुरानो बसपार्क)मा निःशुल्क पार्किङ सेवा खुला गरिसकेको छ ।

शहीद गेटबाट न्युरोड जाँदा बाँयापट्टि काठमाडौं मलबाट खिचापोखरीतर्फ जाँदा पार्किङ गर्ने ठाउँमा पुग्न सकिन्छ । संरचनागत रुपमा यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट