निफ्राका सीईओ खतिवडाको राजीनामा स्वीकृत-Sutra News

निफ्राका सीईओ खतिवडाको राजीनामा स्वीकृत

मंगलबार, २ माघ २०८०

मंगलबार, २ माघ २०८०

काठमाडौं । पूर्वाधार विकास बैंक (निफ्रा)का प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले राजीनामा दिएका छन् । सीईओ रामकृष्ण खतिवडाको राजीनामा स्वीकृत भएको हो ।



बैंकको सञ्चालक समितिले माघ १ गतेदेखि लागू हुने गरी खतिवडाको राजीनामा स्वीकृत गरेको जानकारी गराएको छ । सीईओमा उनी २०७७ पुसमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले नियुक्त भएका थिए ।

एक वर्ष कार्यकाल बाँकी हुँदै खतिवडाले पदबाट राजीनामा दिएका हुन् । अब अर्को व्यवस्था नहुँदासम्म बैंकका नायव महाप्रबन्धक सूर्यबहादुर तामाङलाई बैंकको निमित्त सीईओको जिम्मेवारी दिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट