निर्माण व्यवसायी महासंघको अध्यक्षका उम्मेदवार निकोलसलाई जिताउन कांग्रेस नेताको अपिल-Sutra News

निर्माण व्यवसायी महासंघको अध्यक्षका उम्मेदवार निकोलसलाई जिताउन कांग्रेस नेताको अपिल

आइतबार, २९ फाल्गुन २०७८

आइतबार, २९ फाल्गुन २०७८

चितवन – नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले निर्माण व्यवसायी महासंघको अध्यक्षका उम्मेदवार निकोलस पाण्डे नेतृत्वको टिमलाई जिताउन अपील गरेका छन् ।



निकोलस पाण्डेलाई आफ्नो पार्टीको समर्थन रहेको बताउदै नेता पाण्डेले नयाँ व्यक्तित्वलाई अगाडी ल्याउनु पर्ने धारणा राखे । उनले भने प्रजातन्त्रवादीहरुको नेतृत्वमा संगठन रहोस् भनेर उम्मेदवार तयर गरिएको छ । क्षमता, कार्यकुशलता, गतीशिलताका आधारमा चयन गरिन्छ, निकालोस् सक्षम उम्मेदवार हुनुहुन्छ ।

निकोलस पाण्डे अमेरिकामा पढेर स्वदेशमै बसेर विकास निर्माणमा सक्रिय रहेको भन्दै उनले सधै एउटैलाई जिताउनु भन्दै नयाँलाई जिताउनु पर्ने बताए ।

निकालेस् विद्यार्थीकालमा नेविसंघमा लागेको र अहिले आधिकारीक रुपमा कांग्रेसको सदस्यता लिइसकेका छन् । उनी अघिल्लो बर्ष अध्यक्ष उठ्ने चर्चा चलेको थियो । तर ध्यक्ष रवि सिंहले अर्को कार्यकालमा अध्यक्ष बनाउन सहयोग गर्ने वाचा गरेपछि वरिष्ठ उपाध्यक्षमा समर्थन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट