नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको जुरी कमिटीमा प्रियंका कार्की-Sutra News

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको जुरी कमिटीमा प्रियंका कार्की

बिहिबार, १९ माघ २०७९

बिहिबार, १९ माघ २०७९

काठमाडौं । अभिनेत्री प्रियंका कार्की नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा चुनिएकी छिन् । बिहिबार फेस्टिभल आयोजकले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गाएको हो ।



आगामी चैत २ देखि शुरु हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ६ गते सकिनेछ । कुल पाँच जना जुरीमध्ये बाँकी तीन चाहिं विदेशी फिल्ममेकर हुनेछन् ।

यस महोत्सवमा छनोट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रमध्येबाट सात विधामा १४ वटा पुरस्कार वितरण दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट