नेपाल र भारत दुवै देशले आज सार्वजनिक गरे प्रचण्डको भ्रमण तालिका-Sutra News

नेपाल र भारत दुवै देशले आज सार्वजनिक गरे प्रचण्डको भ्रमण तालिका

शनिबार, १३ जेष्ठ २०८०

शनिबार, १३ जेष्ठ २०८०

काठमाडौं । नेपाल र भारत दुवैले नेपालका प्रधानमन्त्रीको चारदिने औपचारिक भारतको भ्रमण तालिका सार्वजनिक गरेका छन् ।



नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७ गतेदेखि २० सम्म भारतको भ्रमण गर्ने जानकारी दिएका हुन् ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्न लागेको जनाएको छ ।

प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल, मन्त्रीहरू, सचिवहरू र नेपाल सरकारका उच्च अधिकारीहरू सम्मिलित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट