पशुपतिनाथ क्षेत्रका अतिक्रमित संरचना २४ घन्टाभित्र हटाउन महानगरको सूचना-Sutra News

पशुपतिनाथ क्षेत्रका अतिक्रमित संरचना २४ घन्टाभित्र हटाउन महानगरको सूचना

शुक्रबार, १९ फाल्गुन २०७९

शुक्रबार, १९ फाल्गुन २०७९

काठमाडौं – पशुपतिनाथ क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ ।



महानगरले अतिक्रमण गरी निर्माण गरिएका संरचना २४ घन्टाभित्र हटाउन निर्देशन जारी गर्दै सूचना निकालेको हो। महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा निर्माण गरिएका संरचनाको निरीक्षणपछि ती संरचना हटाउन निर्देशनसहितको अल्टिमेटम दिएको हो ।

महानगरका अनुसार पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक रु ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको छ ।

यस्तै पशुपति क्षेत्रमा २० भन्दा धेरै सटर विना दर्ता सञ्चालन भइरहेको पनि पाइएको जनायएको छ । धर्मशालाले नक्सा पास विना नै संरचना निर्माण गरेको समेत पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट