पशुपतिमा छायांकन गरिएको गायिका इन्दिरा जोशिको ॐ नवंम शिवायको चर्चा-Sutra News

पशुपतिमा छायांकन गरिएको गायिका इन्दिरा जोशिको ॐ नवंम शिवायको चर्चा

मंगलबार, ९ फाल्गुन २०७९

मंगलबार, ९ फाल्गुन २०७९

काठमाडौँ । चर्चित गायिका इन्दिरा जोशीको ॐ नवंम शिवाय बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका इन्दिराकै शब्द तथा संगीत रहेको ॐ नवंम शिवायको एरेन्ज सक्षम श्रेष्ठले गरेका हुन् । युवापुस्ताहरुलाई लक्षीत गरेर बनाइएको गीतको शैली नयाँ छ ।



जुन अन्तराष्ट्रिय स्तरमा पनि प्रचलित भएको इन्दिरा बताउँछिन् । पशुपतिनाथ मन्दिर परिसरमा छायांकन गरिएको सार्वजनिक भिडियोमा इन्दिरा अहिलेसम्मकै भिन्न अवतारमा जय शम्भो भोले जय जय भन्दै देखा परेकी छिन् । जसको भिडियोमा पनि नयाँ प्रयोग गरिएको छ ।

३ मिनेट लामो भिडियोमा इन्दिराले भगवान शिवको महिमाको वर्णन गरेकी छिन् । इन्दिरा आँफु कलाकारितामा लाग्नु अघिदेखि नै शिवको भक्त रहेको बताउँछिन् । गौरव बिष्ट र झोलेको छायांकन, गौरव बिष्टकै सम्पादन तथा मिन रावलको कलरिङ रहेको भिडियोको निर्देशन सक्षम श्रेष्ठले गरेका हुन् । भिडियो इन्दिरा जोशी अफिसियलबाट बजारमा आएको हो । भिडियो लिंक

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट