पहिरो खसेको ८ घण्टा बित्दा पनि खुलेन नारायणगढ–मुग्लिन सडक-Sutra News

पहिरो खसेको ८ घण्टा बित्दा पनि खुलेन नारायणगढ–मुग्लिन सडक

बिहिबार, १६ भाद्र २०७९

बिहिबार, १६ भाद्र २०७९

काठमाडौं – पहिरो खसेको ८ घण्टा बित्दा पनि अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड खुलेको छैन ।



अविरल वर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान ६ बजे पहिरो खसेको थियो । पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन पुर्ण रुपमा अवरुद्ध भएको छ ।

चार वटा जेसीवी प्रयोग गरि पहिरो हटाउने कार्य भैरहे पनि वर्षासँगै पहिरो झर्ने क्रम नरोकिएकोले पहिरो पन्छाउन केही समस्या भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट