प्रतिनिधिसभा विघटन नगरेको भए कम्युनिष्ट जोगाउन समाप्त हुन्थ्यो : ओली-Sutra News

प्रतिनिधिसभा विघटन नगरेको भए कम्युनिष्ट जोगाउन समाप्त हुन्थ्यो : ओली

मंगलबार, ३० साउन २०८०

मंगलबार, ३० साउन २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई जोगाउनका लागि प्रनिनिधिसभा विघटन गरेको बताएका छन् ।



पार्टी स्कुल विभाग, बागमती प्रदेश सङ्गठन कमिटीले आज आयोजना गरेको ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन नगरेको भए देशको कम्युनिष्ट आन्दोलन समाप्त हुने थियो भने ।

“हामीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्‍यौँ त्यो विघटन ठीक थियो। नगरि नहुने थियो, त्यसैले गर्‍यौँ”, उनले भने, “यदि हामीले प्रतिनिधिसभा विघटन नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र थियो । हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौँ ।”

उनले प्रतिनिधिसभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरूले सङ्गठन विस्तार र सुदृढ गरेर मजबुत एवं प्रमुख पार्टीको रूपमा पुनः स्थापित गरी प्रतिनिधिसभामा प्रवेश गरेको बताए ।

“हाम्रो सङ्गठन ध्वस्त पार्ने, चकनाचुर पार्ने र नेपालमा वामपन्थी आन्दोलन, परिवर्तनकारी आन्दोलन समाप्त पार्ने जुन योजना थियो, त्यस योजनालाई हामीले पूरा हुन दिएनौँ”, उनले भने ।

प्रतिनिधिसभा विघटन त्यस बेलाको अपरिहार्यता भएको भन्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक कदम, संवैधानिक कदम र संसदीय कदम रहेको उल्लेख गरे ।

उनले प्रतिनिधिसभा विघटनपछि पार्टी मजबुतरुपमा अगाडि बढेको दाबी गरे । पार्टीबाट निकालिएको शक्ति फेरि पनि प्रतिनिधिसभा पुनःस्थापना हुँदा पहिलो शक्तिको रुपमा रहेको अध्यक्ष ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट